IME Life New

साढे ३७% ले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यापार, नाफा १६ करोड नजिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१।८२ को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

२ अर्ब ५० करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४१.५६ प्रतिशतले घटेको हो।

Crest

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीको स्पेसियल रिजर्भ सिर्षकमा १ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ३७ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३७.५५ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा ८२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७६.३८ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.७९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २०४.८३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS