IME Life New

सांसद डा.शर्माद्वारा भोजपुरको दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्माले भोजपुर जिल्लाका दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा २४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । पूर्वी पहाडी जिल्लाहरुको भ्रमणमा रहेका सांसद शर्माले नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् ।

पुस २३ र २४ गते भोजपुरको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४१८ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा नोबेल मेडिकल कलेजबाट मेडिसिन, प्रसुति तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक कान घाँटी, दन्त रोग, बाल रोग, आँखा रोग लगायत विभागका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।

Esewa
Crest

पौष २३ गते भोजपुरको हतुवागडी गाउँपलिका वडा नं २, घोडेटारको सगरमाथा माध्यामिक विद्यालयमा र पौष २४ गते आमचोक गाउँ पालिका वडा नं ४ स्थित चण्डेश्वर माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी सांसद डा।सुनिलकुमार शर्मा थिए ।

शिविरलाई संवोधन गर्दै उनले शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ तथा निःशुल्क हुनुपर्ने बताए । आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउनु पर्ने राज्यको दायित्व भएको जिकीर गर्दै आफु सदैव गरिब, विपन्न नागरिकको पक्षमा रहेको बताए ।

स्वास्थ्य शिविरबाट अपरेशन गर्न रेफर भएका बिरामीहरुलाई विराटनगरको नोबेल शिक्षण अस्पताल तथा काठमाडौं मेडिकल कलेजमा निःशुल्क अपरेशन गर्ने घोषणा गर्दै सांसद शर्माले भने, ‘यो शिविरबाट अपरेशन गर्न रेफर हुनुभएका सम्पूर्ण बिरामीको नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु ।’ डा.शर्माले शिविरमा आएका १३८ जना अतिविपन्न नागरिकलाई नोबेलमा निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको घोषणा गरे ।

शिविरमा नोबेल मेडिकल कलेजका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल, नेपाली काँग्रेस भोजपुर जिल्ला सभापति तथा प्रदेश सभा सदस्यद्वय बिनोद बान्तावा, मान बहादुर लिम्बु, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले, नेपाली काँग्रेसका क्षेत्रिय सभापति मदन खुलाल, जिल्ला समन्वय समितिका कोमल तुलुङ्ग राई, आमचोक गाँउपालिका अध्यक्ष अशोक राई लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा २७५ जनाको भिडियो एक्सरे, १२६ जनाको ईसिजि, ३६१ जनाको ल्याब परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । भने, ३१० जनाको आँखा जाँच, ३५३ जनाको जनरल मेडिसिन, १२५ जनाको छाला रोग, १८५ जनाको स्त्री तथा प्रसुति, ११८ जनाको सर्जरी, ३२५ जनाको हाडजोर्नी, १५० जनाको नाक कान घाँटी, ६० जनाको दन्त रोग, ३० जना बाल रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ ।

काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले सांसद डा। शर्मा जनताले घरदैलोमै स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने सोच लिएको अगाडी बढेकोले उनको सोचलाई पूर्णता दिन काठमाडौं मेडिकल कलेज पनि सामाजिक उत्तरदायित्व अन्तरगत अगाडी बढिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS