IME Life New

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज दिउँसो ४ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो। जसअनुसार शेयरधनीहरुलाई ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

Esewa
Crest

यसैबीच कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। वार्षिक साधारणसभा आउँदो २०८१ वैशाख १२ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित होटल सिद्धार्थ भिलासामा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक र १ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको आर्थिक तथा वित्तीय प्रतिवेदन पनि स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS