IME Life New

सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँड हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ आज शुक्रबार बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ प्रि अलोटमेन्ट आइतबार सम्पन्न गरी आज शुक्रबार विहान १० बजे बाँडफाँड गर्ने तयारी भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका थिए । कम्पनीको आइपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

Esewa
Crest

कम्पनीले फागुन १३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले यसअघि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS