IME Life New

सर्वाेत्तम सिमेन्टको वार्षिक साधारणसभा १५% लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै प्रतिष्ठित सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडलेगत बैशाख १२ गते  पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१।८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्तापँुजीको १५% (कर सहित) नगद लाभाँस बाड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

Esewa
Crest

सभाले संस्थापक शेयरधनी समूहबाट ५ (पाँच) जना संचालकहरु विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना संचालकमा शिवसिंह कार्की निर्विरोध निर्वाचित भएका छन् र स्वतन्त्र संचालकमा एक (१) जना नेहा अग्रवाललाई मनोनित गरिएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीका सबै संचालक समिति, ग्राहक, कर्मचारी वर्ग तथा शेयरधनीहरुप्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन्। साथै, उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिदै आफ्नो स्थापना पश्चातहाल सम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन क्लिंकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS