IME Life New

सरकारलाई दबाब दिन लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारीमा शेयर लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजीबजार सुधारको माग गर्दै शेयर लगानीकर्ताहरुले लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेका छन्। लामो समयदेखि सरकारले पुँजीबजार सुधारका लागि खासै पहल नगरेको भन्दै लगानीकर्ताहरुले प्रदर्शन गर्ने तयारी गरेका हुन्।

शेयर बजारका अगुवा लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई प्रदर्शनको तयारीमा जुट्न आग्रह गरेका छन्। आफ्नो फेसुबुक स्ट्याटसमा पाठकले वैशाख १६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पुँजीबजारका लगानीकर्ताले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएको उल्लेख गरेका छन्। ‘सरकार सजग रहनुहोला, पुँजीबजारका लगानीकर्ता जोगाउनु होस्’, उनले लेखेका छन्।

Esewa
Crest

नीगिगत व्यवस्थाका कारण लामो समयदेखि शिथिल बनेको पुँजीबजारलाई चलायमान बनाउन सरकारले उचित कदम चाल्नुपर्नेमा उल्टै बेवास्ता गर्दै बसेको भन्दै लगानीकर्ताहरु आक्रोशित छन्। विशेषगरी अहिलेको अवस्थामा शेयर लगानीकर्ताहरुले रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्षमा तत्काल नियुक्ति, शेयर धितोपत्र कर्जाको सीमा हटाउनुपर्ने र कर्जाको जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने माग गरेका छन्। यी माग पूरा दबाब दिने उद्देश्यले लगानीकर्ताहरुले लगानी सम्मेलनस्थलमा प्रदर्शन गर्ने तयारी गरेका हुन्।

यस किसिमको प्रदर्शनले दबाब पर्ने र सरकार तत्काल उचित कदम चाल्न बाध्य हुने लगानीकर्ताहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS