IME Life New

सरकारलाई एनसेलको शेयर खरिदबिक्री प्रतिवेदन माघ १५ भित्रै बुझाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन माघ १५ गतेभित्र बुझाउने तयारी गरेको छ।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छानबिन समितिले प्रतिवेदन माघ १५ गतेभित्र बुझाउने जानकारी दिएकी हुन्। एनसेलको शेयर खरिदबिक्री प्रकरणमा सरकारले टंकमणि शर्मा नेतृत्वको छानबिन समिति गठन गरेको थियो।

Esewa
Crest

शर्मा नेतृत्वको समितिलाई प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएको थियो। फेरि सरकारले यो समितिलाई १५ दिनको म्याद थपिएको छ।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन्।
आजियाटाले रेजोल्ड्स होल्डिङ्समा रहेको आफ्नो ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट युकेलाई कम मूल्यमा बिक्री गरेको भन्दै विवाद भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS