काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका संस्थापक शेयरधनी गुप्त बहादुर रानाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको मंगलवार बसेको सञ्चालक समिति बैठकले रानाले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । रानाले व्यक्तिगत कारण देखाएर सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले सोही सुचनामा बताएको छ ।


















