IME Life New

समिति र बीमा कम्पनी बीच जुहारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इनुसा कोइराला
वित्तीय विवरण बुझाएको लामो समयसम्म पनि बीमा समितिले स्वीकृति नगरेको बीमा कम्पनीहरुले आरोप लगाएका छन् । बीमा समितिले कम्पनी अनुसार फरक फरक खालको व्यवहार गरेर नियतबश नै वित्तीय विवरण रोकिदिने गरेको कम्पनीहरुको गुनासो छ ।

कम्पनी भन्छ समितिले स्वीकृत गर्दैन वित्तीय विवरण
समिति भन्छ नेपालमा बीमांकी नहुँदा ढिलाई भएको हो

Esewa
Crest

विवरण बुझाएको सात महिना वित्तिसक्दा पनि समितिले वेवास्ता गरेको एक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘हामीले गत कात्तिकमा नै वित्तीय विवरण बीमा समितिको टेबुलमा पुराएका हौ । तर, अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने । समितिले आफुले रुचाएका कम्पनीलाई फरक खालको व्यवहार गर्ने गरेको उनले बताए ।

बीमा समितिले समयमा नै वित्तीय विवरण पारित नगर्दा कम्पनीहरुले साधारण सभा गर्न पाएका छैनन । साधारण सभा हुन नसक्दा कम्पनीहरुले बोनशदर र लाभांश समेत वितरण गर्न पाएका छैनन् ।

तर, बीमा समितिले भने बीमा कम्पनीहरुको वित्तीय विवरण पारित गर्ने प्रक्रिया लामो भएकै कारण समय लागेको बताएको छ । कम्पनीबाट प्राप्त भएको विवरण समितिको बिमांकीले पारित गरेपछि मात्रै स्वीकृति हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

बीमा समितिका अनुसार बीमा कम्पनीहरुले तयार पारेको वित्तीय विवरण कम्पनीको बीमांकीले स्वीकृत गर्नुपर्छ । नेपालमा बीमांकी नभएकै कारण कम्पनीले भारत लगायतका मुलुकमा रहेको बीमांकीलाई वित्तीय विवरण परिक्षणका लागि पठाउँछ । कम्पनीको बीमांकीले पारित गरेपछि विवरणलाई बीमा समितिमा पठाउँछ । समितिले पुन आफनो बीमांकीलाई कम्पनीको वित्तीय विवरण पठाउँछ ।

समितिको बीमांकी भारतमा रहेकोले केही समय लाग्ने समितिको भनाई छ । समितिको बीमांकीले स्वीकृत गरे मात्रै समितिले कम्पनीको वित्तीय विवरणलाई पारित गर्छ । अन्यथा पुन परिमार्जन गर्नुपर्छ । सोही प्रक्रिया दोहोरिन्छ ।
नेपालमा बीमांकी नभएकै कारण कम्पनीहरुको वित्तीय विवरण स्वीकृतमा ढिलाई हुने गरे पनि केही कम्पनीको हकमा भने समितिले जानाजान ढिलाई गर्ने गरेको कम्पनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS