काठमाडौं । दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको छ।
समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीच फागुन १७ गते मर्जर सम्झौता भएको हो। दुवै लघुवित्तका पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा रहेको छ भने ग्रामीण विकास लघुवित्तको रुपन्देहीको बुटवलमा रहेको छ।

















