IME Life New

समर्पण मूल्यकाे भुक्तानी अड्काएर नयाँ बीमालेख जारी गर्न नेपाल लाईफकाे निर्देशन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल लाईफ इन्स्याेरेन्सले बीमितलाई समर्पण मूल्य वापतकाे सम्पूर्ण रकम भुक्तानी नदिनका लागी कर्मचारीमाझ लिखित निर्देशन जारी गरेकाे पाइएकाे छ। प्रमुख सञ्चालन अधिकृतकाे हस्ताक्षर रहेकाे इन्स्याेरेन्स खबरलाई प्राप्त २९ नम्बर परिपत्रमा समर्पण मूल्य भुक्तानी लिन आउने बीमितलाई सबै रकम भुक्तानी नदिन निर्देशन दिइएकाे छ।

इन्स्याेरेन्सले जेठ ९ गते जारी गरेकाे बीमालेख समर्पण सम्बन्धी परिपत्रमा बीमालेख समर्पण मूल्य भुक्तानी लिन आउने बीमितलाई समर्पण मूल्यकाे आ‌ंशिक रकमवापतकाे मात्र चेक जारी गरी बाँकी रकम उपयाेग गर्न निर्देशन दिइएकाे छ। प्रमुख सञ्चालन अधिकृत ओमप्रकाश पुडासैनीले हस्ताक्षर गरेकाे परिपत्रमा बीमालेख व्यतित भएकाे ५ वर्ष वा बढी भएकाे बीमालेखका बीमितकाे लिखित अनुराेधमा समर्पण मूल्य‌काे आ‌ंशिक भुक्तानी अकाउण्ट पेयी चेकमार्फत् गर्न र बाँकी रकम बीमितकाे आवश्यक्ता अनुसार उपयाेग गर्न सकिने उल्लेख छ।

Crest

सूचना प्रविधिकाे प्रयाेगलाई उच्च प्राथमिकतामा राखेकाे दाबी गर्ने याे जीवन बीमा कम्पनीले बीमितलाई रकम भुक्तानी गर्दा पुरै रकम सिधै बीमितकाे बै‌ंक खातामा जम्मा नगरी अकाउण्ट पेयी चेक जारी गर्ने प्रावधानलाई नियतवश निरन्तरता दिइरहेकाे छ। अन्य अधिकांश जीवन बीमा कम्पनीहरुले भुक्तानीवापतकाे सम्पूर्ण रकम सिधै बीमितकाे बै‌ंक खातामा जम्मा हुने गरी स्वचालित भुक्तानी प्रणालीलाई व्यापकरुपमा प्रयाेग गरिरहे पनि नेपाल लाईफकाे व्यवस्थापनले भुक्तानी दिनुपूर्व बीमितसामू विभिन्न शर्त तेर्स्याउँदै करकापमा पारेर पुनः बीमा गर्नका लागी बाध्य बनाउने नियत लिएर कागजी चेक अझैसम्म पनि त्याग्न नसकेकाे हाे ।

अधिकांश जीवन बीमा कम्पनीहरुले बीमितले दाबी भुक्तानी प्राप्त गर्न वा बीमालेख धिताेमा कर्जा रकम लिनका लागी आवश्यक प्रकृया पुरा गरी सकेपछि बीमितले उपलब्ध गराएकाे बै‌ंक खातामा नै रकम जम्मा गरिदिन्छन् । नेपाल लाईफले सञ्चालन खर्च कटाैती गर्नका लागी बीमितबाट नविकरण बीमाशुल्क हाेस् वा कर्जाकाे साँवा र ब्याज रकम स‌ंकलनका लागी डिजिटल भुक्तानी सेवाहरूकाे प्रयाेगलाई प्राथमिकता दिएकाे छ तर आफूले भुक्तानी दिनुपर्ने रकमका लागी चाहिँ कागजी चेक नै जारी गर्ने प्रवृत्ती कायमै राख्नुले विराेधाभाषपूर्ण अवस्था देखिन्छ।

उच्च व्यवस्थापनकाे चरम दबाबका कारण नेपाल लाईफ इन्स्याेरेन्सका कर्मचारीले बीमालेख धिताेमा कर्जा,आ‌ंशिक वा पूर्णावधि दाबी भुक्तानी र मृत्यु दाबी भुक्तानी लिन आउने बीमितलाई पुनः नयाँ बीमालेख खरिद नगरेसम्म दाबी भुक्तानी नपाइने भन्दै त्रसित बनाउने गरेका छन् । वित्तीय साक्षरता कमजाेर भएका सर्वसाधारण बीमितहरु कर्मचारीले भनेकाे कुरा पत्याएर आफूले बीमाशुल्क भुक्तानी गर्न सक्ने अवस्था नहुँदा पनि पुनः बीमालेख खरिद गर्न बाध्य हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

3%

खुसी

14%

दु :खी

26%

अचम्मित

2%

उत्साहित

56%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS