IME Life New

सफ्ट ओपनिङको तयारीमा रहेको पाँच तारे होटल फरेष्ट इनले आइपिओका लागि पायो रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिसेम्बर देखि सफ्ट ओपनिङको तयारीमा रहेको बुढानिलकण्ठमा अवस्थित पाँच तारे स्तरको होटल फरेष्ट इनले शेयर निष्काशनका लागि केयर रेटिङ नेपालबाट डब्बल बि माइनस आइएस रेटिङ पाएको छ। केयर रेटिङका अनुसार यसले वित्तीय दायीत्व बहनका लागि मध्यम स्तरको जोखिम रहेको इ‌ंगित गर्छ।

बुढानिलकण्ठमा होटल १ लाख ४२ हजार ७८३ वर्गफुट क्षेत्रफलमा होटल निर्माण कार्य भइरहेको छ। होटलमा रेष्टुरेण्ट स्वीमिङ पुल सभा हल जिम स्पा र अन्य सुविधा समेत उपलब्ध हुनेछ। प्रिमियम स्तरको होटलले वित्तीय स्थिरता प्राप्त गर्न कम्तीमा २ वर्ष लाग्नेछ।

Esewa
Crest

निर्माणाधीन १०५ कोठे यो पाँच तारे होटलको निर्माण सम्पन्न हुने ३ अर्ब १३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। योमध्ये ६८ प्रतिशत वित्तीय श्रोत कर्जाबाट र बाँकी शेयरपूँजीबाट जुटाउने योजना छ।  होटलले सर्वसाधारणमा ९८ लाख कित्ता साधारण शेयर बिक्री गरेर ९८ करोड रुपैयाँ चुक्ता पूँजी जुटाउने योजना बनाएको छ। यसका लागि गत कात्तिक १५ गते धितोपत्र बोर्ड नेपालमा आवेदन समेत दर्ता गराइ सकेको छ। यसको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरिएको छ।

होटलको व्यवस्थापनका लागि इन्टरनेशनल ग्रुप अफ होटेल्ससँग होलिडे इन ब्राण्ड अन्तर्गत होटल सञ्चालन गर्ने सम्झाैता गरेको छ। होटलको सञ्चालक समिति अध्यक्षमा विनिता थापा, सदस्य दिपक खड्कालगायतका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS