IME Life New

सन नेपाल लाइफद्धारा मृत्यु दावी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सुर्खेत । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुर्खेत शाखाले बीमा वापतको मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले डोल्पाको ठूलोभेरी नगरपालिका–११ का तुलाराम कार्कीलाई मृत्यु दावी रकम भुक्तानी गरिएको हो ।

तुलाराम कार्कीको श्रीमती बुदी कार्कीको जेठ १६ गते दुर्घटनामा परी मृत्यु भएको थियो । उनको २०७५ मंसिर २८ गते गरिएको बीमाको आधारमा उक्त रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

बीमा लेख नम्बर ६०१००००१६२७ को जारी पोलिसिमा २ लाख विमांक, दुई लाख दुर्घटना तथा बोनससहित चार लाख ७ हजार रुपैयाँ भुक्तानी गरिएको हो ।

बीमा रकम भुक्तानीका लागि आयोजित कार्यक्रममा ठूलोभेरी नगरपालिका–१० का वडा अध्यक्ष गोविन्द महत, सन लाईफ नेपाल ईन्स्योरेन्स सुर्खेत शाखाका प्रबन्धक गोविन्द ढकाल, ईन्स्योरेन्सकै डोल्पा उपशाखा प्रमुख टिकादत्त न्यौपाने, मार्केटिङ म्यानेजर शेरबहादुर रावत, अभिकर्ताहरु, सर्वसाधारणको रोहवरमा रकम भुक्तानी गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS