IME Life New

‘सन्दीपको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित वक्तव्यबाजीमा सत्यता छैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित वक्तव्यबाजीमा सत्यता नरहेको स्पष्ट पारेको छ।

क्यानले आज एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। सन्दीपको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको विज्ञप्तिमा जनाइएको छ।

Esewa
Crest

जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि सन्दीप वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले जनाएको छ। ‘सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको थियो’, क्यानले भनेको छ, ‘सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभए पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहनेछ।’

अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागी नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न आफ्नो क्षमताले भ्याएसम्म स–साना भए पनि सकारात्मक टिप्पणीसहित प्रयास र पहल गरिदिन क्यानले अपिल गरेको छ। ‘नेपाली क्रिकेटका सम्पूर्ण समर्थकलाई व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिन अनुरोध गर्दछौँ।’

दस वर्षपछि नेपालले सहभागिता जनाइरहेको क्रिकेटको यस महाउत्सवमा सम्पूर्ण नेपाली क्रिकेट समर्थक एकढिक्का भई नेपाली क्रिकेट टोलीको हौसला बढाइदिन क्यानले आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS