IME Life New

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा तनहुँको सम्जुरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तनहुँ जिल्लाको सम्जुरमा सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा विस्तार भएको छ । आफ्नो ३७औँ शाखारहित बैंकिङ सेवा तनहुँको भानु नगरपालिका वडा नं १३, सम्जुरमा शुरू गरेको हो । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन भानु नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बानियाले गरेका हुन् ।

शाखारहित बैंकिङ सेवाको एजेन्टरप्रतिनिधि अजिज मियालाई पोइन्ट अफ सेल मेसिन अध्यक्ष रामबहादुर बानिया र सनराइज बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द्र के।सीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

Esewa
Crest

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएका छ । हालसम्म बैंकको १ सय १२ वटा शाखा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS