IME Life New

सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इनस्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको बैंक खातामा आजदेखि नगद लाभांश जम्मा गरिदिन थालेको छ । कम्पनीको जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ७८ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएका शेयरधनीको बैंक खातामा उक्त लाभांश पठाउन लागेको जनाएको छ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीधले नै व्यहोर्नु पर्ने पनि कम्पनीले जनाएको छ ।

Esewa
Crest

साधारण सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम जम्मा गर्ने व्यवस्था गरेको छ ।

साथै कम्पनीको आव २०७४र ७५ मा पारित भएको बोनश शेयरको कर बापतको रकम सोही नगद लाभांशबाट कट्टा गरी बाँकी रकम मात्र भुक्तानी हुने कम्पनीले जनाएको छ । शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS