IME Life New

सत्ता गठबन्धन भत्कियो, आजै सानो आकारको मन्त्रिपरिषद बन्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजनीतिक किचलोबीच सत्ता गठबन्धन भत्किएको छ। राष्ट्रियसभा अध्यक्ष र मन्त्रिपरिषद पुनर्गठनको विषयमा कुरा नमिल्दा नेपाली कांग्रेस नेतृत्व सत्ता गठबन्धन भत्किएको हो।

सत्ता गठबन्धन भत्काउँदा नेकपा माओवादी केन्द्रले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई समेटेर नयाँ सत्ता समीकरण बनाउन सहमति भएको छ।

Esewa
Crest

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका मन्त्रीहरुलाई हटाएर आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको स्रोतले बतायो। ‘सम्भवतः नयाँ सत्ता समीकरणमा सहभागी हुने दलहरुबाट एक–एक जना मन्त्री बनाउने योजनामा प्रचण्ड छन्’, उनले भने।

रास्वपाबाट सभापति रवि लामिछानेले मन्त्रिपरिषद्मा सहभागी हुने विषयमा निर्णय गर्नेछन्। एमालेले प्रमुख सचेतक पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS