IME Life New

सञ्चालनमा आएको ५ वर्षमै मेरियट होटलका कर्मचारीले पाए साढे २ करोड बोनश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक मन्दीका कारण देशको सबै उद्योग व्यवसायको व्यापार र नाफा खुम्चि रहेको अवस्था छ। बैंकिङ क्षेत्र पनि पछिल्लो समय ऋणको साँवा ब्याज असुली हुन नसकेर खराब कर्जाको अनुपात बढ्ने चिन्तामा छन्, नाफा दर घट्ने संभावना प्रबल छ। यस्तो प्रतिकूल अवस्थामा पनि पर्यटन उद्योगभित्रको एउटा संस्थाले निरन्तर नाफामा सञ्चालन गर्दै कर्मचारीलाई बोनशवापत करोड रुपैयाँभन्दा बढी वितरण गर्न सफल भएको हो ।

एमएस ग्रुप अन्तर्गत एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडद्वारा सञ्चालित नागपोखरीस्थित काठमाडौं मेरियट होटलले  सञ्चालनमा आएको पाँच वर्षमा कर्मचारीलाई बोनशवापत २ करोड ८० लाख रुपैयाँ वितरण गरेको छ । कम्पनी ऐन अनुसार संगठित संस्थाले खुद नाफाको १० प्रतिशत कर्मचारी बोनशवापत वितरण गर्नुपर्ने प्रावधान अन्तर्गत होटलले बोनश वितरण गरेको हो ।

Esewa
Crest

ठूलो लगानी र क्षमता भएका होटलकहरु सामान्यतया नाफा र घाटा बराबर अर्थात् ब्रेक इभेनमा पुग्न समेत कम्तीमा १० वर्ष लाग्ने अनुमान गरिन्छ। यसका बावजुद मेरियट होटलको व्यवस्थापनले ऋणसँगै ब्याज खर्चको भार कटौती र व्यापार बिस्तारको रणनीतिलाई सफलतापूर्वक कार्यान्वयनमा ल्याएर छोटो समयमै नाफा वितरणलाई संभव बनाएको हो ।

गत वर्ष सर्वोच्च अदालतले पर्यटन क्षेत्रका ग्राहकबाट सेवा शुल्क नलिन निर्देशन जारी गरेपछि होटल सञ्चालक समितिले  कर्मचारीलाई सेवा शुल्कको सट्टा अन्य श्रोतबाट थप रकम उपलब्ध गराउँदै आएको छ । सेवा शुल्कको विकल्पको रूपमा प्रति व्यक्ति ३ हजारदेखि ३२ हजार रुपैयाँ सम्म लिइरहेका छन् ।

२१४ वटा कोठा रहेको यो होटल २०७३ बैशाखदेखि सञ्चालनमा आएको हो । १३ रोपनी क्षेत्रफलमा फैलिएको १३ तल्ले भवनमा २० वटा स्वीट रुम र बाँकी डिलक्सरुम रहेका छन् । यो होटलले विशेषगरी विदेशी पर्यटक र कुटनीतिक नियोगहरुलाई लक्षित गर्दै सेवा प्रदान गरिरहेको छ।

पर्यटन मन्त्रालयका अनुसार सेवा क्षेत्रमा रहेका संस्थाहरूमध्ये मेरियट होटल दोश्रो स्थानमा रहेको छ। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मेरियटले सन् २०२२ अगष्ट १ देखि २०२३ को अगष्ट १ सम्ममा ५० लाख ४१ हजार २ सय ३७ अमेरिकी डलर  बराबर विदेशी मुद्रा भित्र्याएको छ।

ठमेलस्थित फेयरफिल्ड बाई म्यारियट काठमाडौंले सञ्चालनमा आएको सात वर्षपछि पहिलो पटक कर्मचारीलाई बोनशवापत २० लाख रुपैयाँ वितरण गरेको छ। काठमाडौं मेरियट होटलमा हाल ३३२ जना कर्मचारी कार्यरत छन् । त्यसैगरी ठमेलको फेयरफिल्ड बाई मेरियटमा ८७ जना कर्मचारीले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%
happy

खुसी

7%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS