IME Life New

सगरमाथा जलविद्युतले डाक्यो वार्षिक साधारणसभा, हकप्रद र अन्य कम्पनीमा लगानी मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार (पुस २ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २५ गते काठमाडौंको चन्डोलस्थित कुन्डलिनी दरबार ब्यांक्वेटमा दिउँसो १ बजेबाट आयोजना गर्ने निर्णय गरेको हो। सभाले चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। प्रस्तावित संशोधन तथा धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

अन्य कम्पनीमा लगानी गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। सभाले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १२ गतेभन्दा अगाडिसम्म कायम शेयरधनीहरु यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS