काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै संस्थागत सर्भेयरहरुलाई जेठ ३१ गतेको मितिले ३० दिन भित्र प्राधिकरणको आधिकारिक वेबसाईट मार्फत केवाईसी अपडेट गर्न गर्न आग्रह गरेको हो । अनलाईन मार्फत केवाइसी अपडेट गर्दा सम्पूर्ण कागजातहरुलाई पीडिएफ र जेपीईजी ढाचाँमा पेश गर्न आग्रह गरेको छ ।


















