IME Life New

श्री एयरले ड्यास फो विमान उडाए पछि भरतपुरमा बुद्धले पनि एटिआर ७२ ले उडान भर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर विमानस्थमा प्रतिस्पर्धी श्री एयरलाइन्सले ठूलो जहाजमार्फत् उडान शुरू गर्ने भएपछि बुद्ध एयरले पनि ठूलो विमान प्रयोगमा ल्याउने भएको छ ।

धावनमार्गको सीमित लम्बाइका कारण एटिआर ४२ मार्फत् बुद्ध एयरले ४२ सिटे विमानबाट काठमाडौं भरतपुर काठमाडौं रूटमा एकलौटीरूपमा सेवा प्रदान गर्दै आएको थियो । विमानस्थलको धानवमार्गको लम्बाइ १ हजार २ सय मिटर मात्र छ ।

Esewa
Crest

श्री एयरले ८० सिट क्षमता भएको ड्यास ४-८०० विमानमार्फत् उडान शुरू गर्दैछ । बुद्धले पनि ७२ सिट क्षमताको एटिआर ७२ मार्फत् उडान भर्ने जानकारी दिएको छ ।

धावनमार्गको लम्बाइ पर्याप्त नभएका कारण यो धावनमार्गमा अवतरणका क्रममा ७० जनासम्म यात्रु काठमाडौंबाट बोकेर लैजान सकिने भएपनि उडानका क्रममा बढीमा ५५ जनासम्म यात्रु मात्र बोक्न सकिने प्राविधिकले बताएका छन् ।

विमानस्थलसँग जोडिएको नेपाली सेनाको ब्यारेकलाइ अन्यत्र स्थानान्तरण गरेर भरतपुर विमानस्थलको धावनमार्ग बिस्तार र रात्री उडान सेवाको समेत पूर्वाधार विकासका लागि नागरिक उड्ययन प्राधिकरणले ४ अर्ब रूपैयाँ लगानी गर्ने तयारी गरेको छ। ठेक्का प्रकृया पुरा गर्न समय लाग्ने भएकाले निर्माण कार्य सन् २०२५ देखि शुरू हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS