IME Life New

श्री एयरलाइन्सले ल्याएको दुईवटा जहाज नेपाल भित्रियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको तेस्रो ठूलो हवाई सेवा प्रदायक श्री एयरलाइन्सले खरिद गरेको दुईवटा ड्यास एट विमान मंगलबार नेपाल आइपुगेको छ। योसँगै कम्पनीमा विमानको संख्या १० पुगेको छ।

अमेरिकाको पोर्टल्यान्ड विमानस्थलबाट शनिबार उडान भरेका यी दुवै विमान मंगलबार अपराह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। करिब २५ घन्टाको उडानपछि दुवै जहाज काठमाडौंमा अवतरण गरेको हो।

Esewa
Crest

कम्पनीका अनुसार क्याप्टेन रितेश कर्ण र क्याप्टेन विराज राजवंशी नेतृत्वको टोलीले अमेरिकाको पोर्टल्याण्डर विमानस्थलबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्यान्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै जहाजहरु काठमाडौं ल्याइएको छ। साढे १२ हजार किलोमिटरभन्दा लामो दूरीको हवाई दूरी तय गर्नका लागि दुवै विमानलाई आवश्यक पर्ने इन्धन भर्नका लागि ठाउँ–ठाउँमा विमान अवतरण गर्दै नेपाल भित्र्याइएको हो।

श्री एयरलाइन्सले आन्तरिक हवाई सेवा विस्तार गर्ने योजनाका साथ ड्यास एट मोडलको टर्बोप्रप विमान अमेरिकी हवाई सेवा प्रदायक होराइजन एयरबाट उत्पादन संकेत नम्बर ४५३२ र ४३५५ को दुईवटा विमान खरिद गरेको हो। नागरिक उड्ययन प्राधिकरणका अनुसार श्री एयरले भित्र्याएको दुईवटा जहाजलाई क्रमशः ‘नाइनएन एओके र ‘नाइएन–एओएल’ संकेत चिह्न प्रदान गरिएको छ। यी दुवै विमान ८० सिट क्षमताका छन्।

होराइजन एयरको माउ कम्पनी अलास्का एयरले ड्यास एट क्यूएस४०० मोडलका जहाजहरुबाट हवाई उडान सेवा बन्द गर्ने निर्णय गर्दै यी जहाजहरुबाट अन्तिमपटक एक वर्ष अघि जनवरी २०२३ मा उडान भरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS