IME Life New

श्रीलंकामा बैंक किनेको सिजी समूहले दक्षिण एशियाको भुटानमा पनि होटल किन्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाैधरी समूहले दक्षिण एशियाली मुलुक भुटानमा समेत दुईवटा तारे होटल सञ्चालनमा ल्याएको छ। चाैधरी समूह अन्तर्गतको सिजी हस्पिटालिटी लिमिटेडले   इन्डियन होटल्स कम्पनी (आइएचसिएल) सँगको साझेदारीमा भुटानको फोब्जिखा र पारोमा दुईवटा ताज ब्राण्ड होटल सञ्चालनमा ल्याएको हो । यी दुबै होटल पुराना सम्पदा हुन्।

आइएचसिएल मार्फत् चाैधरी समूहले पर्यटन व्यवसायमा लगानी गरेको यो चाैथो दक्षिण एशियाली मुलुक हो । यसअघि सिजी हस्पिटालिटीले ताज ग्रुपको आइएचसिएलसँग साझेदारीमा नेपाल, श्रीलंका र भारतमा तारे होटल र रिसोर्ट सञ्चालनमा ल्याई सकेको छ।

Esewa
Crest

पारोमा रहेको ४५ कोठाको ताज रिसोर्ट खोला छेउ ७.६ एकड क्षेत्रफलमा फैलिएको संरक्षित जङ्गलले घेरिएको प्रकृतिको काखमा रहेको छ। पर्यटकलाई रमणीय रिट्रीटले दिनभरको डिनर, विशेष रेस्टुरेन्ट र बार प्रदान गर्दछ, इण्डोर स्विमिंग पूल, जिम, स्पा र बैठक सुविधा सहित मनोरञ्जन सुविधा समेत उपलब्ध रहेको आइएचसिएलले जानकारी दिएको छ।

भुटानको मनमोहक फोब्जिखा उपत्यकामा अवस्थित ३.५ एकडमा फैलिएको ३४ कोठे ताज रिसोर्टमा दिनभरको खाना, अल्फ्रेस्को स्पेशलिटी रेस्टुरेन्ट, बारका साथै स्पा र फिटनेश सुविधाहरू उपलब्ध छन् । फोब्जिखाले साहसी यात्राको प्रतिज्ञा गर्दछ, पहाड पदयात्रादेखि गंगटे गुम्बाको भ्रमणसम्मले पर्यटकलाई शान्त वातावरणको बीचमा स्थायी छाप छोड्ने आइएचसिएलले दाबी गरेको छ।

फोब्जिकामा अवस्थित तारे होटल

आइएचसिएलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत पुनीत छटवालले भने, “दक्षिण एशियाली क्षेत्रप्रतिको प्रतिबद्धता र मुख्य फुर्सद गन्तव्यमा हाम्रो पदचिह्न विस्तार गर्ने दिशामा यो एउटा उल्लेख्य उपलब्धी हो। मनमोहक प्राकृतिक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदा भएका भुटानमा दुईवटा ताज ब्राण्डका होटलहरू ल्याउन पाउँदा हामी खुसी छौं। यसले चाैधरी समूहसँगको हाम्रो लामो समयदेखिको साझेदारीलाई पनि अगाडि बढाएकोछ।”

सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष बिनोद चौधरीले भने, “आइएचसीएलसँगको २५ वर्षको हाम्रो साझेदारी र ६ देशमा १२ वटा सम्पतिलाई अगाडि बढाउँदै, केन्द्रमा दिगोपनका साथ निर्मित दुई भुटानी होटलहरूले अनौठो मिश्रण प्रदर्शन गर्नेछन्। परम्परागत भुटानी आकर्षण र ताजको अतुलनीय आतिथ्य, यात्रुहरूलाई हिमाली राज्यमा अविस्मरणीय बसाई प्रदान गर्नेछ।

भुटान, यसको प्राकृतिक सौन्दर्यले मोहित मात्र होइन, तीर्थयात्री र कल्याणकारी पर्यटन केन्द्रको रूपमा पनि लोकप्रिय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

58%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS