IME Life New

श्रम मन्त्री अर्यालसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको शिष्टाचार भेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त श्रम मन्त्री डोल प्रसाद अर्याललाई शुकामना तथा बधाई दिन मन्त्रालयमा पुगेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषदका सभापती ज्योत्सना श्रेष्ठ सहितको टोलीले भेटी शुभकामना तथा बधाई दिएका छन् ।

भेटको क्रममा ज्योत्सना श्रेष्ठले छिलफुट घटनाहरु बहेक श्रम सम्बन्धमा खासै समस्याहरु छैनन् तथापी श्रम संबन्धलाई भरपर्दो, बलियो र उत्पादकत्व बृद्धि गर्न जोड दिन पर्ने भन्ने महासंघको घारणा रहे अनुसार केहि महिना अगाडी महासंघ र JTUCC का बिच समझदारी भएको र त्यसलाई प्रभावकारी बनाउने क्रममा चाँडैनै रणनीतिक योजना बनाएर अगाडी बढ्ने जानकारी गराइन् ।

Esewa
Crest

साथै, देशबाट सिपयुक्त श्रम शक्ति बाहीर गइरहदा भोली देशले भोग्न पर्ने श्रम चुनौतीलाई अहिल्यै मनन गरेर श्रमीकहरुका लागि तालिम कार्यक्रमहरु संचालन र तिनीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाईराख्न पर्ने कुरामा ध्यानाकर्षण समेत गराए ।

पदाधिकारी द्धारा श्रम बिबादको छिटोछरितो समाधान गर्न प्रदेशमा रहेका उच्च अदालतलाई श्रम सम्बन्धी बिबाद हेर्ने गरी क्षेत्राधिकार तोक्ने व्यवस्था गर्न अनुरोध गरे । साथै, अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. ८७ र त्यसका मापदण्डहरुमा व्यापक छलफल गर्न पर्ने र बैदेशिक रोजगारीबाट फर्केर आएकाहरुको पुन एकिकरण, श्रमिकलाई तालिम आदि बिषयहरुमा सरकार र निजी क्षेत्र कोअर्डिनेटेटको रुपमा काम गर्न पर्ने र त्यसका लागि महासंघ तत्पर रहेको बारेमा बताएका थिए ।

श्रममन्त्री अर्यालले महासंघले उठाएका बिषय गम्भीर रहेको र त्यसमध्ये प्रदेशमा रहेका उच्च अदालतहरुलाई ऐनको दफा १५८ अनुसार क्षेत्राधिार तोकी श्रम अदालतको काम गर्न दिने भने बिषयमा बागमतीलाई काठमाण्डौले हेर्ने र बाँकी सबै ६ प्रदेश स्थित उच्च अदालतहरुलाई अधिरकार दिने गरी मन्त्रालयबाट काम भैसकको बताए । त्यसैगरी श्रमिकलाई तालीम दिने सम्बन्धमा मन्त्रालयले तालिम दशक मनाउदै गरेकाले त्यसका लागि निजी क्षेत्र नेउवामहासंघ संग सहकार्य गरेर अगाडी बढ्ने कुरामा मन्त्रालयमा छलफल भइरहेको बताए । संगै अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. ८७ का सम्बन्धमा मन्त्रालयमा छलफल भइरहेको बारे जानकारी दिए ।

श्रममन्त्री अर्यालले यि सबै पक्षको दिगो सुधार तथा देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS