IME Life New

शेयर बजार सुधारका लागि अर्थमन्त्रीले थाले पहल, तीनवटै निकायलाई कार्ययोजना पेस गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधारका लागि पहल थालेका छन्। अर्थमन्त्री पुनले आज बजार नियामक नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससी गरी ३ वटै निकायलाई पत्र काट्दै शेयर बजार सुधारका लागि कार्ययेजना पेस गर्न निर्देशन दिएका हुन्।

पत्रमा तीनवटै निकायलाई ७ दिनभित्र शेयर बजारमा तत्काल सुधारका लागि कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ। अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं यो क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने सुधारका कामहरुका सम्बन्धमा सरोकारावालासमेतको राय लिएर कार्ययोजना पेस गर्न मन्त्री पुनको निर्देशनअनुसार अनुरोध गरिएको अर्थ मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।

Esewa
Crest

नेकपा (माओवादी केन्द्र)का नेता पुनले गत बुधबार उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए। पद बहाली गर्दा नै उनले ६० लाख लगानीकर्ता जोडिएको शेयर बजारको सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

पुन अर्थमन्त्री भएसँगै शेयर बजारमा लगातार ३ दिन बढोत्तरी देखिएको छ। आज बजार बढेर २०५२.६५ मा बन्द भएको छ। दोस्रो पटक अर्थमन्त्री भएका पुन आजै ब्रोकर प्रतिनिधि र गभर्नर महाप्रसाद अधिकारीसँग पनि अर्थतन्त्र चलायनमान बनाउनका लागि छलफल गरिसकेका छन्। नरम स्वभावका पुनः अघिल्लोपटक अर्थमन्त्री बन्दा पनि उनको कार्यकालमा शेयर बजार बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS