IME Life New

शेयर बजार सातामा पाँचै दिन सञ्चालन हुन्छ : अध्यक्ष हमाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले शेयर बजार आगामी जेठ एक गतेदेखि पनि साताकै पाँचै दिन सञ्चालन हुने बताएका छन् । हमालले नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको पूँजी बजार सम्बन्धी छलफल कार्यक्रममा सरकारले इन्धन खपत घटाउन जेठदेखी परीक्षण स्वरुप शनिवार र आइतबार दुई दिन विदा दिने निर्णय गरे पनि शेयर बजार ५ दिन नै सञ्चालन हुने अभिव्यक्ति दिएका हुन् ।

सरकारले आइतबार विदा दिने निर्णय गरेकाले अवदेखि शेयर बजार शक्रवार पनि सञ्चालन गरेर दिन नघटाउने बताएका हुन् । उनले शुक्रवार पनि शेयर बजार सुचारु राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिएका छन् । हाल शेयर बजार शनिवार र आइतबार दुई दिन बन्द हुँदै आइरहेको छ ।

Esewa
Crest

सरकारले शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरे सँगै अव शेयर बजार चार दिन मात्रै खुला रहने चर्चा चल्दै आइरहेको थियो । तर बोर्ड शेयर बजार खुल्ने अवधिलाई नघटाउने पक्षमा उभिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS