IME Life New

शेयर बजार घट्दा होस् वा बढ्दा अपनाउनुहोस् यी ४ मन्त्र, लगानीकर्ता हुनेछन् मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सही रणनीतिका साथ शेयर बजारमा लगानी गर्दा निकै फाइदाजनक हुन सक्छ। यसका लागि शेयर बजारबारे बुझेर सही तरिकाले लगानी गर्न आवश्यक हुन्छ। किनकि शेयरमा लगानी जोखिमपूर्ण हुन्छ। तर, केही कुरामा ध्यान दिएर लगानी गर्दा राम्रो रिटर्न पाउन सकिन्छ।

शेयर बजार राम्रो कमाइ गर्ने सर्टकट बाटो होइन। यहाँ लगानी गर्नेले आफैँले अध्ययन र अनुभव हासिल गरेको हुनुपर्छ। विशेषगरी शेयर बजारमा लगानी गर्नेहरुले कम समयमा राम्रो रिटर्न आउने सोच्ने गर्छन्। कहिलेकाहीँ कम समयमै राम्रो प्रतिफल हासिल गर्न सकिन्छ। तर, कहिलेकाहीँ नतिजा उल्टो हुन्छ र कम समयमै ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ।

Esewa
Crest

शेयर बजारमा कारोबार गर्न त्यति सहज भने छैन। यो शजारमा अनुशासन र धैर्यता आवश्यक हुन्छ। शेयर बजारमा लगानी गर्नुअघि राम्ररी अध्ययन र अनुसन्धान गर्नुपर्छ। यहाँ हामी केही टिप्स दिन गइरहेका छौँ। जसलाई फलो गर्दा शेयर बजार राम्रो कमाउन सकिने सम्भावना हुन्छ।

राम्रा र बलिया कम्पनीलाई प्राथमिकता

शेयर बजारमा लगानी गर्दा राम्रा र बलिया कम्पनीलाई प्राथमिकता दिनुपर्छ। वित्तीय स्वास्थ्य राम्रो, व्यवस्थापन पक्ष चुस्त र दुरुस्त, सेवा प्रवाह गुणस्तर तथा शेयरधनीहरुप्रति उत्तरदायी भएका कम्पनीहरुलाई रोज्नुपर्छ। त्यस्ता कम्पनीहरु लगानीका लागि राम्रो मानिन्छन्।

मजबुत फन्डामेन्टल

फन्डामेन्टल लगानीकर्ताहरुले सधैँ बलिया कम्पनीमा लगानी गर्छन्। उनीहरु शेयरको मूल्यका आधारमा लगानी गर्दैनन्। सधैँ फन्डामेन्टल मेथडमा लगानी गर्ने कोसिस गर्नुपर्छ। शेयर बजारबाट पैसा कमाउने यो राम्रो तरिका हो।

राम्रो व्यवस्थापन भएको कम्पनी

शेयर बजारमा लगानी गर्दा बलियो व्यवस्थापन भएको कम्पनी रोज्नुपर्छ। किनकि व्यवस्थापन बलियो हुँदा कम्पनीको व्यापार पनि राम्रो गतिमा अगाडि बढिरहेको हुन्छ। किनकि व्यवस्थापनको असाधारण टिमले पनि व्यापार ठूलो बनाउन सक्छ। अर्कोतर्फ कमजोर व्यवस्थापन भएका ठूला कम्पनी पनि पछि धराशायी हुन सक्छ। त्यसैले लगानी गर्नुअघि कम्पनीको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी हुन्छ।

लगानीको सुरक्षा

शेयर बजारमा प्रवेश गर्नेले लगानीको सुरक्षालाई पनि ध्यान दिनुपर्छ। कहिलेकाहीँ धेरै कमाउने चक्करमा आफ्नो लगानीलाई नै जोखिम पारिरहेका हुन्छौँ। त्यसैले लगानीमा थोरै मुनाफा आए पनि नाफा बुक गर्न सक्नुपर्छ। यसले लगानीबाट प्रतिफल पनि प्राप्त हुन्छ र लगानी पनि सुरक्षित हुन्छन्। केही लगानीकर्ताले बजारमा २० प्रतिशतको रणनीति अपनाएका हुन्छन्। यसको मतबल लगानीको २० प्रतिशत फाइदा आउँदा नाफा बुक गर्ने र २० प्रतिशत घाटा हुँदा स्टप लस गर्ने रणनीति पनि अपनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS