IME Life New

शेयर बजारलाई प्रभावित पार्ने गतिविधिमाथि निगरानी बढाउँदै धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारमा हुने चेलखेल नियन्त्रण गर्न निगरानी बढाएको छ।

सेबोनको सुपरिवेक्षण विभागले शेयर बजारमा सोझा–साझा लगानीकर्तालाई फसाउने हिसाबले सामाजिक सञ्जाल हुने गरेका गतिविधिमाथि निगरानी बढाएको हो।

Esewa
Crest

क्लबहाउस, फेसबुकजस्ता सामाजिक सञ्जालमा खुलेआम शेयर बजार र कम्पनी विशेषलाई बजार खेलाडीहरुले टीकाटिप्पणी गर्दै आएका छन्। मुलुकको तरल अवस्था र धितोपत्र बोर्डमा अध्यक्षमा नहुँदाको फाइदा उठाएर खुलेआम शेयर बजारमा चलखेल भइरहेको गुनासो बढेपछि सामाजिक सञ्जालमा हुने गतिविधिमाथि सेबोनले निगरानी बढाएको हो।

सेबोनका एक उच्च अधिकारीका अनुसार सामाजिक सञ्जालमा खुलेआम कुनै एउटा स्क्रिप्टका विषयमा चर्चा गर्ने, सोझा–साझालाई किन्न, बेच्न प्रोत्साहन गर्ने र बजारको उतारचढावका विषयमा खुलेआम अनुमान लगाउनेहरुमाथि निगरानी बढाइएको छ। ‘त्यस्ता व्यक्ति तथा लगानीकर्तामाथि हामीले निगरानी बढाएका छौँ’, ती अधिकारीले भने, ‘विशेषगरी २–४ जनामाथि लगातार हामी नजर रहेको छ।’

ऐन–नियमविपरीत शेयर कारोबार प्रभावित पार्ने गतिविधिहरु गर्नेलाई कारबाही हुने ती अधिकारीले चेतावनी दिए। ‘सकभर शेयर बजारमा सोझा र साना लगानीकर्ताको लगानी सुरक्षित गर्ने हिसाबले हामी अगाडि बढेका छौँ’, ती अधिकारीले भने, ‘त्यसका लागि हामी निरन्तर अनुगमन र निगरानी बढाइरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS