IME Life New

शेयर बजारमा ६ महिनामा थपियो साढे ८० अर्ब बढीको शेयर, आइपीओमात्रै झन्डै ६५ अर्बको

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना पुससम्म धितोपत्र बजारमा साढे ८० अर्ब रुपैयाँ बढीको शेयर थपिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पुसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार यो ६ महिनामा रु. ६४ अर्ब ९५ करोडबराबरको साधारण शेयर, रु. ९ अर्ब ५३ करोडबराबरको बोनस शेयर, रु. ६ अर्ब १० करोडबराबरको हकप्रद शेयर र रु. ३ करोड बराबरको एफपीओ गरी कुल रु. ८० अर्ब ६१ करोडबराबरको थप शेयर सूचीकृत भएका छन्।

Esewa
Crest

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ९ अर्ब ८० करोडबराबरको साधारण शेयर, रु. ६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु. ५ अर्ब ४६ करोडबराबरको हकप्रद शेयर र रु. ३ अर्ब ५० करोडबराबरको म्युचुअल फन्ड गरी कुल रु. २४ अर्ब ७८ करोडबराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको तथ्यांकमा उल्लेख छ।

नेपाल स्टक एक्सचेन्जमा २०८० पुस मसान्तमा सूचीकृत ८ अर्ब १७ करोड शेयरको चुक्तामूल्य रु. ८ खर्ब ९ अर्ब ८३ करोड रहेको छ। सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बजार पुँजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ९.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS