IME Life New

शेयर बजारमा सुधार सँगै सर्वाधिक बढ्नेमा माइक्रोफाइनान्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय शेयर बजार लगातार सुधार हुँदै गर्दा हरेक दिन एउटा एउटा सूचकका कम्पनीहरुको शेयर मूल्यमा उछाल आउने गरेको छ । केहि दिन अगाडी बीमा कम्पनीको शेयरमा उछाल आएकोमा आज माइक्रोफाइनान्सको शेयरमा उछाल आएको छ । सर्वाधिक शेयर बढ्नेमा अधिकाम्स माइक्रोफाइनान्स छन् ।

सोमबार सबैभन्दा धेरै मध्य भोटेकोशीको शेयर बढेको छ । कम्पनीको शेयर १६ रुपैयाँले बढेर १७७ रुपैयाँ पुगेको छ । त्यस्तै गुराँस लघुवित्तको शेयरमा सर्किट लागेको छ । गुराँसको शेयर मूल्य ११४ रुपैयाले बढेर १३३० रुपैयाँ पुगेको छ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर पनि ८.३८ प्रतिशतले बढेर १२०३ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

सर्वाधिक बढ्नेमा साल्ट ट्रेडिङ पनि परेको छ । यस कम्पनीको शेयर मूल्य ४८० रुपैयाँले बढेर ६११० रुपैयाँ पुगेको छ । अन्य कम्पनीहरु क्रमश फस्ट माइक्रोफाइनान्स ८.८३ प्रतिशतले बढेर ८३० रुपैयाँ, सप्टकोशी डेभलपमेन्ट बैंक ६.८९ प्रतिशतले बढेर ८३० रुपैयाँ, गुह्वेश्वरी मर्चेन्ट ६.२६ प्रतिशतले बढेर ४६० रुपैयाँ, लक्ष्मी बैंक ६.०१ प्रतिशतले बढेर ३००, स्वरोजगार लघुवित्त ५.६६ प्रतिशतले बढेर ११२० रुपैयाँ र सामुदायिक लघुवित्तको ५.६३ प्रतिशतले १२२० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS