IME Life New

शेयर बजारमा सामान्य बृद्धि, ४ अर्ब १८ करोडको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ६० अंकले बढेर २,०७१ को विन्दुमा कायम भएको छ । आज १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको ९४ लाख ३५ हजार ५४५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १२ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ९ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक ऋणपत्र ८५ का इकाईधनीले कमाएका छन् आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । मकर जितुमाया हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै साधाना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS