IME Life New

शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारको परिवर्तनको खबरले शेयर बजारमा आज फेरि दोस्रो अप्पर सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर खुलेको बजारमा फेरि १ मिनेटमै दोस्रो सर्किट लागेको हो। यसअघि आज कारोबार खुलेको १ मिनेटमै पहिलो सर्किट लागेको थियो।

नेप्से परिसूचक ५ प्रतिशत अर्थात १०२.६८ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २१५६.०७ को विन्दुमा पुगेको छ। शेयर कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ।

Esewa
Crest

नेकपा एमाले नेतृत्वमा कांग्रेससँगको गठबन्धन सरकार बन्ने खबरसँगै उछाल आएको बजारमा २३२ कम्पनीको शेयरभाउ बढेको छ। सर्वाधिक शेयर कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको बढेको छ भने एनआईसी एसिया बैंकको शेयरभाउ १० प्रतिशतले बढेको छ।

युनिभर्सल पावर, हिमालयन डिस्टिलरी, मनकामना स्मार्ट लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल बैंक र इन्फिनिटी लघुवित्तको शेयरभाउ पनि १० प्रतिशतको हाराहारीमा बढेको छ।

अब बजार १२ः०१ बजे खुल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS