IME Life New

शेयर बजारमा रौनक कायमै, खुलेको आधा घन्टामै ३ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार खुलेको आधा घन्टाभित्रै ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

बजार आज खुलेदेखि नै रौनक छाएको छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४४.८३ अंकले बढेर २७४१.४८ को विन्दुमा कारोबार भइरहेको छ। नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। विशेषगरी वित्त समूहमा चमक देखिएको छ। यो ५ प्रतिशत बढीले बढिसकेको छ।

Esewa
Crest

यसैगरी होटेल तथा पर्यटनमा ४ प्रतिशत तथा लगानी र अन्य समूहमा ३ प्रतिशत माथिको बढोत्तरी देखिएको छ।

अहिलेसम्म १९७ कम्पनीको शेयरभाउ बढेको छ भने ३८ वटाको घटेको छ। ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

अहिलेसम्म बजारमा ३ अर्ब १३ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भइसकेको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS