IME Life New

शेयर बजारमा यी ६ गल्तीले पैसा हुन सक्छ स्वाहा, जो जोगिए हुनेछन् मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्ला केही वर्षयता नेपालको शेयर बजारमा आकर्षण बढेको छ। थुप्रै लगानीकर्ता भित्रिएका छन्। लगानीका अन्य विकल्पको तुलनामा राम्रो प्रतिफल प्राप्त हुने देखिएकोले शेयर बजारतर्फ मानिसहरु आकर्षित भइरहेका छन्।

सबैले शेयर बजारबाट पैसा कमाउँछन् भन्ने हुँदैछन्। धेरैले आफ्नो मेहनतको पैसा पनि शेयर बजारमा लगानी गरिरहेका छन्। रिटेल लगानीकर्ताले सामान्यतया केही गल्ती गर्छन्। शेयर बजारमा त्यस्ता गल्तीहरुले लगानीकर्ताको पैसा स्वाहा भएका घटना पनि थुप्रै छन्।

Esewa
Crest

दिग्गज अमेरिकी लगानीकर्ता बेन्जामिन ग्राहमले कुनै पनि लगानीकर्ताको सबैभन्दा ठूलो शत्रु उसको आफ्नै व्यक्तित्व हुनसक्ने बताएका थिए। बेन्जामिन विश्वास गर्थे कि मानिस धेरै भावनात्मक प्राणी हो। उनका निर्णयहरु सधैँ तर्कसंगत हुँदैनन्। बरु उनीहरु धेरै पूर्वाग्रहको प्रभावमा परेका हुन्छन्। शेयर बजारमा लगानी गर्ने लगानीकर्ता पूर्वाग्रहबाट बाहिर निस्कन नसक्ने र गल्ती गर्ने गरेका छन्।

यी गल्ती कहिल्यै नगरौँ

अतिआत्मविश्वास

बिग बुल राकेश झुनझुनवालाले एकपटक भनेका थिए कि शेयर बजार राजा हो। यसमा कसैले शासन गर्न सक्दैन। तर, धेरै लगानीकर्तामा यो भ्रम हुन्छ कि उनीहरुले बजारको चाल थाहा पाइसके। विशेषगरी बुलिस ट्रेन्डमा लगानीकर्तामा यो प्रवृत्ति देखिन्छ। यही अतिआत्मविश्वासले तिनीहरुलाई डुबाउँछ।

झुन्ड वा समूहलाई पछ्याउने

धेरै मानिसहरु शेयरको पछि लाग्ने भएकाले धेरै लगानीकर्ताले पनि नाफा हुन्छ भन्ने सोचेर यसमा पैसा लगानी गर्छन्। झुन्ड वा कुनै समूहलाई पछ्याउनुको बेफाइदा यो हो कि यसले बजारमा बबल सिर्जना गर्दछ। जब यो बबल फुट्छ तब तपाइँको खल्ती खाली गर्दछ।

दिमागभन्दा मनको कुरा सुन्ने

भावनात्मक रुपमा लिएका निर्णयहरुको परिणाम प्रायः राम्रो हुँदैन। तर, अधिकांश रिटेल लगानीकर्ताले यही गल्ती गर्छन्। दिमागको भन्दा मनको कुरा सुन्छन्। फलस्वरुप उनीहरुले घाटा व्यहोर्छन्। त्यसैले कुनै पनि निर्णय लिनुअघि राम्रोसँग छानबिन र अनुसन्धान गरी कुनै शेयरमा लगानी गर्ने वा नगर्ने निर्णय गर्नुपर्छ।

पहिला निर्णय, पछि राय

पहिले केही गर्ने कि नगर्ने भनेर निर्णय गर्ने र त्यसपछि अरुको सल्लाह लिने धेरैको बानी हुन्छ। शेयर बजारमा पैसा लगानी गर्नुहुन्छ भने यो बानी तुरुन्त सच्याउनुहोस्। यो बानीले तपाइँलाई धेरै हानि पुर्याउन सक्छ। यो बानीको बेफाइदा यो हो कि तपाइँको निर्णयको समर्थनमा जे राय आउँछ स्वीकार गर्नुहुन्छ। तपाइँको विरुद्धमा हुने विचारलाई महत्व दिइँदैन। त्यसैले पहिले सल्लाह लिएरमात्र लगानीको निर्णय लिनु राम्रो हुन्छ।

एउटै शेयरमा अडिग

रिटेल लगानीकर्ताहरु एउटै शेयरमा अडिग रहेको देखिएको छ। विशेषगरी त्यस्ता शेयरहरु जसले विगतमा राम्रो प्रतिफल दिएको छ। शेयरभाउ घट्न थालेपछि पनि बेच्दैनन्, लामो समय पर्खिन्छन्। यो बानी महँगो साबित हुन्छ र तिनीहरुको पोर्टफोलियो रिटर्न घट्छ। तसर्थ, तपाइँले सधैँ आफ्नो पोर्टफोलियो शेयरहरु विश्लेषण गरिरहनुपर्छ। घाटा हुने स्टकहरु हटाउन र राम्राहरुलाई समावेश गर्ने रणनीति अपनाउनुपर्छ।

ऋण लिएर लगानी

धेरैले साथीभाइ वा बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी गर्छन्। यस्तो गर्नु हुँदैन। यो धेरै खतरनाक साबित हुन्छ। यदि तपाइँले पैसा गुमाउनुभयो भने तपाइँ र तपाइँको परिवार समस्यामा पर्न सक्नुहुन्छ। तसर्थ, कतैबाट पनि ऋण लिएर शेयर बजारमा लगानी नगर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

7%
sad

दु :खी

14%
amazed

अचम्मित

29%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS