IME Life New

शेयर बजारबाट सरकारले पाउने राजस्व बढ्यो, वैशाखसम्म लगानीकर्ताले तिरे रु. ४.१५ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१मा शेयर बजारबाट सरकारले पाउने राजस्व बढेको छ। अघिल्लो आर्थिक वर्षको २०७९।८०को तुलनामा शेयर बजारबाट सरकारले पाउने राजस्व बढेको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म शेयर बजारबाट सरकारले पुँजीगत लाभकरबापत ४ अर्ब १५ करोड ३० लाख रुपैयाँ छ। जब कि अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म शेयर बजारबाट सरकारले ३ अर्ब ३८ करोड रुपैयाँमात्रै पुँजीगत लाभकरबापत राजस्व प्राप्त गरेको थियो।

Esewa
Crest

सरकारले शेयर बजारबाट सर्वाधिक राजस्व आर्थिक वर्ष २०७७।७८ मा प्राप्त गरेको छ। उक्त आर्थिक वर्षमा सरकारले १५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यस्तै आर्थिक वर्ष २०७८।७९ मा शेयर बजारबाट सरकारले ११ अर्ब ४० करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त आर्थिक वर्षको भदौमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर बजारमा कडाइ गरेको थियो। सोही कारण भदौ २ गते नेप्से परिसूचकले हालसम्मको उच्च विन्दु चुमेकोमा त्यसपछि भने लगातार घटेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS