IME Life New

शेयर बजारबाट सरकारले पाउने राजस्व ८५% बढ्यो, साढे ५ अर्ब संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष (आव) २०८०।८१ को अन्त्यतिरदेखि शेयर बजार केही सकारात्मक बनेको छ। त्यसअघि भने बजार लगभग साइडवेजमा चलेको थियो। त्यसैले आव २०८०।८१ मा शेयर बजार ठीकठाकै रह्यो ।

अघिल्लो आव २०७९।८० को तुलनामा भने सरकारले शेयर बजारबाट प्राप्त गर्ने राजस्व उत्साहजनक देखिएको छ। यो वर्ष सरकारले पाउने पुँजीगत लाभकर अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.४१ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो आवमा सरकारले शेयर बजारबाट २ अर्ब ९७ करोड ५ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। गत आर्थिक वर्षमा भने सरकारले शेयर बजार ५ अर्ब ५० करोड ७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ।

आव २०८०।८१ मा सरकारले माघ महिनामा सबैभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको छ। यो महिना सरकारले शेयर बजारबाट ९७ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

यसैगरी दोस्रो सार्वजनिक राजस्व संकलन पुसमा ७४ करोड ३९ लाख रुपैयाँ, तेस्रो जेठमा ७० करोड ४२ लाख रुपैयाँ र चौथो असारमा ६५ करोड ४ लाख रुपैयाँ पुँजीगत लाभकरबापत सरकारले गरेको छ।

सरकारले आव २०८०।८१ को साउनमा ४० करोड ८ लाख रुपैयाँ, भदौमा १४ करोड रुपैयाँ, असोजमा २१ करोड ९५ लाख रुपैयाँ, कात्तिकमा ८ करोड ४१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५३ लाख रुपैयाँ, फागुनमा ४४ करोड ९ लाख रुपैयाँ, चैतमा ४८ करोड ३४ लाख रुपैयाँ र वैशाखमा ३६ करोड २७ लाख रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व संकलन गरेको छ।

शेयर बजारमा लगानीकर्ताले कारोबार गर्दा लगानीकर्ताले आफ्नो कमाइबाट तिर्ने करलाई पुँजीगत लाभकर भनिन्छ। हाल अल्पकालीन लगानीकर्ताले नाफाको ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ। शेयर किनेको १ वर्षभित्र बेच्नेलाई अल्पकालीन र १ वर्षपछि बेच्नेलाई दीर्घकालीन लगानी लगानीकर्ताका रुपमा परिभाषित गरिएको छ।

संस्थागत लगानीकर्ताले भने नाफाबाट १० प्रतिशत पुँजीगत लाभकर सरकारलाई बुझाउनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS