IME Life New

शेयर धितो कर्जामा प्रयोजन नखुलेकालाई मात्र ५० लाखको सिमा होः नेपाल राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ४३ बुँदे निर्देशन जारी गर्दै आजदेखि मौद्रिक नीति कार्यान्वयनमा ल्याएको छ । हिजो साँझ जारी क, ख र ग  वर्गका राष्ट्रिय स्तरका बाणिज्य बैंक,  विकास बैंक र फाईनान्स कम्पनी कम्पनीहरुलाई जारी गरिएको निर्देशनहरु आज देखि लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

एकीकृत निर्देशनको बुँदा नम्बर २३ मा गरिएको संशोधनको अन्योल सम्बन्धमा  केही अनलाईन मिडियाले शेयर धितो कर्जा लगायत सबै प्रकारका ब्यक्तिगत कर्जाको सिमा ५० लाख रुपैया ता्ेकिएको भन्दै समाचार प्रबाह गरेपछि अन्योल बढेको थियो ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले ब्यक्तिगत शेयर धितो कर्जाको हकमा प्रयोजन नखुलाईएको हकमा मात्र ५० लाख रुपैयाँको सिमा लाग्ने स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले शेयर खरिदको प्रयोजन खुलाएर लिईने शेयर धितो कर्जामा रकमको कुनै सिमा नतोकिएको स्पष्ट पार्नुभयो ।

ढकालले भन्नुभयो, “प्रयोजन नखुलाएर लिईने आवधिक ब्यक्तिगत शेयर धितो कर्जामा मात्र ५० लाखको सिमा तोकिएको हो, प्रयोजन खुलाएर लिईने ब्यक्तिगत शेयर धितो कर्जाको सवालमा कुनै परिवर्तन भएको छैन, जति पनि कर्जा लिन सकिन्छ ।”

सो निर्देशनले प्रयोजन नखुलेका आवधिक ब्यक्तिगत कर्जाहरुको सवालमा ५० लाखको सिमा तोक्दै थप परिभाषित गरेको छ ।

प्रयोजन नखुलाई सिमा भन्दा बढी कर्जा लिएकाहरुले पनि ५० लाख रुपैयाको सिमा भित्र आफ्नो कर्जालाई ल्याउन २०७९ असार मसान्तसम्म अर्थात दुई बर्षको समय पाएकाले तत्काल उनीहरुलाई केही असर पर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS