IME Life New

राष्ट्र बैंकद्वारा बैंक वित्तीय संस्थालाई ४३ बुँदे निर्देशन, मौद्रिक नीति आजदेखि कार्यान्वयनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ४३ बुँदे निर्देशन जारी गर्दै आजदेखि मौद्रिक नीति कार्यान्वयनमा ल्याएको छ । हिजो साँझ जारी क, ख र ग  वर्गका बाणिज्य बैंक, विकास बैंक र फाईनान्स  लघुवित्त कम्पनीहरुलाई जारी गरिएको निर्देशनहरु आज देखि लागू हुने राष्ट्र बैंकले जनाएको छ ।
४३ बुँदे निर्देशनमा कोभिड–१९ का कारण मारमा परेका उद्योग, व्यवसाय, कलकारखानाहरुको बर्गीकरण गरिएको छ ।

बर्गीकरण गरिएका क्षेत्रहरुलाई ऋण तिर्ने समयअवधी थप गर्ने व्यवस्था गरिएको छ । एउटै समुहका एक भन्दा बढि बैंक तथा वित्तीय संस्थामा शेयर लगानी भएको भए, त्यस्तो संस्थालाई आपसमा मर्जरमा जान निर्देशन दिइएको छ । त्यस्तै मर्जरमा जाने संस्थाहरुलाई तरलता सुविधा समेत थप गरिएको छ । कृषि घरेलु, मझौला तथा साना उद्यम कर्जा लगानी गर्नुपर्ने समयसीमा तोकेर प्रक्रिया अघि बढाइएको छ ।

Esewa
Crest

नयाँ मौद्रिक नीतिसँगै शेयर बजारमा लगानी बृद्धि गरिएको छ भने घरजग्गामा गरिएको लगानी समेत बृद्धि गरिएको छ । व्यक्तिगत ऋणको सीमा निर्धारण गरिएको छ । जस अनुसार प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म मात्रै ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले निर्देशन जारी गरेसँगै आजदेखि गत साउन २ गते जारी गरिएको मौद्रिक नीति पूर्ण रुपमा कार्यान्वयनमा आएको छ ।

राष्ट्र बैंकको ४३ बुँदे निर्देशनको पूर्णपाठः

Monetary-policy-related

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS