IME Life New

शेयरको लकइन अवधि सकिनुभन्दा ३० दिनअघि लगानीकर्तालाई जानकारी गराउन सेबोनको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको शेयरको लकइन अवधि सकिनुभन्दा कम्तीमा ३० दिनअघि नै लगानीकर्ता जानकारी गराउन निर्देशन दिएको छ।

धितोपत्र बोर्ड आज एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)लाई यस्तो निर्देशन दिएको हो। नेप्सेमा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको शेयरको लकइन अवधिसम्बन्धी व्यवस्था रहेको छ। उक्त व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्तालाई समेत सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न तथा धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएकोले यस्तो निर्देशन दिइएको धितोपत्र बोर्डले जनाएको छ।

Esewa
Crest

सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको बिक्री गर्ने नपाइने गरी तोकिएको लकइन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिनअगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन धितोपत्र बोर्डले निर्देशन दिएको छ। शेयर लकइनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लकइनमा रहेको कुल शेयर संख्या, लकइन अवधि समाप्त हुने मितिसमेत स्पष्ट रुपमा खुलाई सार्वजनिक जानकारीका लागि सूचना प्रकाशन गर्नुपर्ने र त्यसबारे जानकारी धितोपत्र बोर्डमा नेप्से र सीडीएससीलाई उपलब्ध गराउनुपर्ने निर्देशन पनि दिइएको छ।

त्यससम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लकइन अवधि समाप्त भएपछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा समेत राख्नुपर्ने व्यवस्था गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ।

सम्बन्धित सूचीकृत संगठित संस्थाबाट लकइन अवधि समाप्तसम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात नेप्से र सीडीएससीले सोसम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लकइन अवधि समाप्त भएपछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी वेबसाइटमा राख्नुपर्ने व्यवस्था गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS