IME Life New

शिखर इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर निष्काशन स्थगित भएको छ ।कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले लक डाउन गरे पछि कम्पनीको हकप्रद शेयर निष्काशन स्थगित भएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ३० प्रतिशतले हुने ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

Esewa
Crest

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले गत फागुन १३ गते शेयर धनी दर्ता पुस्तिका बन्द गरिसकेको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अर्को सुचना नआइन्जेलसम्मका लागि हकप्द शेयर निष्काशन बन्द गरेको जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS