काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयरपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर प्रतिशेयर मूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको छ । कम्पनीको हिजो मंगलबार अन्तिम शेयर मुल्य ८४२ रुपैयाँको आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यलाई आधार मानेर आज नेप्सेमा कारोबार हुनेछ ।

















