IME Life New

शाईनले निकाल्यो चम्किलो तेश्रो त्रैमासको रिपोर्ट, प्रति शेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शाईन रेसुङ्गा डेभेलपमेण्ट बैंकले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीले चुक्ता पुँजी १ अर्ब ६२ करोड छ भने जगेडा कोषमा ६४ करोड २३ लाख संचित छ। जगेडा कोष २७ प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

कम्पनीको खुद नाफा ३१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ३१ करोड ९ लाख खुद नाफा गरेको छ भने कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैया ५५ पैसा छ। कम्पनीको मूल्य आम्दानी अनुपात ९ दशमलव ०८ गुणा छ।
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ३६ प्रतिशतले वृद्धि हुँदै ६३ करोड ९८ लाख पुगेको छ।

निक्षेप संकलन ३२ प्रतिशतले वृद्धि हुँदै १६ अर्ब ९८ करोड पुगेको छ भने कर्जा प्रवाह ३४ प्रतिशतले वृद्धि गर्दै १५ अर्ब २९ करोड पुगेको छ।
तेश्रो त्रैमास सम्म कम्पनीले ३ करोड ९० लाख प्रोभिजन गरेको छ भने १० लाख ८१ हजार राईट व्याक गरेको छ।
कम्पनीले आफ्नो बेस रेट ( आधार व्याज दर )मा ११ प्रतिशतको कमी ल्याउन सफल भएको छ। कम्पनीको आधार व्याज दर ९ दशमलव ८५ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS