IME Life New

वैशाख १५ गतेभित्र दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैशाख १५ गतेभित्र दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । शुक्रबार भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच बंगला परिसरमा द्धिपक्षिय सम्भौता भएको छ । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वैशाख १५ एक औपचारिक कार्यक्रम गरी सञ्चालनमा ल्याइने स्पष्ट पारिन् ।

प्रमुख दाहालले भरतपुर महागनरपालिका र नेपाल ट्रष्टको संयुक्त लगानीमा आवश्यक कामहरुलाई अगाडि बढाइने उल्लेख गरिन् ।
बंगलालाई संग्रालयको रुपमा विकास गर्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको उनको भनाइ छ ।

Esewa
Crest

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दरबार खुल्ला गर्न लागिएको पनि दरबार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने प्रमुख दाहालले बताइन् । अन्य पालिकामा पनि ट्रष्टका ऐतिहासिक धरोहर, सम्पदा, भएपनि भरतपुर महानगरपालिका ट्रष्टसँग सम्झौता गर्ने नेपालकै पहिलो पालिका बन्न सफल भएको छ ।

महानगरपालिकाले दियालो बंगला सञ्चालन गर्न ट्रष्ट गर्न महानगरपालिकासँग आग्रह गरेपछि ट्रष्टले ऐतिहासिक एवम् साँकृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरेको थियो ।

शुक्रबार भएको सम्झौतामा ६ वटा बुँदा समावेश छन् । सम्झौतामा कार्यविधिको अधिनमा रही बंगलाको सञ्चालन र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । राजा महेन्द्रको यही दरबारमा निधन मृत्यु पनि भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ । दियालो बंगला क्षेत्र ५२ बिघाको छ। बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ । नेपाल ट्रष्टले व्यवस्थापन गर्दै आएको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ ।

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारी, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, ट्रष्टका सञ्चालक समिति सदस्य देवीचन्द्र उपाध्याय, सुनिता कुमारी गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS