IME Life New

वैदेशिक सहायतातर्फ ४३ अर्व शोधभर्ना हुन बाँकी, शोधभर्ना समयमा नहुँदा सरकारको भुक्तानी सन्तुलनमा चाप

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

वैदेशिक सहायतातर्फ चालु आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म ६३ अर्व शोधभर्ना प्राप्त भएता पनि अझै ४३ अर्व सोधभर्ना हुन बाँकी रहेको छ । विदेशी सहयोगमा सञ्चालित आयोजनाको शोधभर्ना समयमा नै हुन नसक्दा सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप देखा परेको छ ।

नेपाल सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप परेको हुँदा मन्त्रालय तथा सम्वन्धित निकायहरुले यथाशीघ्र शोधभर्ना प्राप्ति तर्फ पहल गर्न आग्रह गरेका छन् । सो अवसरमा चालु आर्थिक वर्षमा सम्पन्न भएका कामको भुक्तानी समेत शीघ्र गर्न निर्देशन दिएका छन् । साथै खर्चको वास्तविक प्रतिवेदनका लागि सबै मन्त्रालयहरूले सोझै भुक्तानीको प्रतिवेदन समयमा नै गर्न समेत निर्देशन दिएका छन् ।

Crest

बैठकमा अर्थमन्त्री युवराज खतिवडाबाट प्रदेश र स्थानीय तहबाट बजेट र खर्चको प्रतिवेदन हुने व्यवस्था गरिएकाले आउँदा दिनमा प्रदेश र स्थानीयतहबाट हुने खर्चको प्रगति समेत समय मै उपलब्ध भई खर्चको यथार्थ प्रतिवेदन हुने जानकारी गराएको थियो ।

कार्यक्रममा विभिन्न मन्त्रालय र निकायका सचिव र प्रतिनिधिहरुले वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयनमा क्रममा भोगेका समस्याहरु र सोधभर्नाको अवस्थाको बारेमा आफ्नो धारणा राखेका थिए ।

उक्त अवसरमा अर्थ मन्त्रालय, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले चालु आर्थिक वर्षको हालसम्मको समग्र र स्रोतगत खर्चको अवस्था एवं अपेक्षित प्रगति हुन नसकेका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको बारेमा प्रस्तुतीकरण गरेको थियो ।

उक्त अवसरमा बैदेशिक सहायतामा सञ्चालित आयोजनासँग सम्वन्धित मन्त्रालयरनिकायहरुका सचिव, सहसचिव तथा आयोजना प्रमुखहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS