IME Life New

वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्छः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्ने बताएका छन्।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। ‘स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमका रुपमा रहेको वैदेशिक रोजगारी रहेको छ’, उनले भने, ‘यसलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ । नेपाल सरकारले श्रमिकको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको छ।’

Esewa
Crest

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । ‘श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, संगठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत हुन्। देशमा श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव हुँदैन। यही यथार्थलाई आत्मसात गरेर नै नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो।’

श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम संगठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरुप्रति समेत सरकार प्रतिबद्ध प्रधानमन्त्री दाहालले बताए। ‘युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन नेपाल सरकार निरन्तर क्रियाशील छ’, उनले भने, ‘यसका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रुपले लागिरहेको छ।’

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS