IME Life New

वैदेशिक रोजगारीका लागि जेठमा गए करिब ७३ हजार नेपाली, विदेशिनेमा दक्ष कामदार बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालबाट कामका लागि विदेशीको संख्या जेठमा बढेको छ। वैशाखको तुलनामा २ हजार बढी नेपाली कामको सिलसिलामा बाहिरिएका हुन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठमा ७२ हजार ८६१ नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। वैशाखमा यो संख्या ७० हजार ६३७ थियो।

Esewa
Crest

जेठमा ६४ हजार ८८६ पुरुष र ७ हजार ९७५ महिना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्। जसमा दक्ष कामदारको संख्या बढी छ। जेठमा १४ हजार ६३१ दक्ष नेपाली कामदार विदेश गएका छन्।

यसैगरी जेठमा उच्च दक्ष ९४ जना, व्यावसायिक ४९० जना, अर्धदक्ष, ६ हजार २६ र अदक्ष १४ हजार ६३१ कामदार वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेको विभागको तथ्यांकले देखाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS