IME Life New

वैदेशिक रोजगारमा गएका श्रमिकले बीमावापतको रकम अनलाइन मार्फत भुक्तानी गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको बीमाबापतको रकम अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ ।

वैदेशिक रोजगार विभागले बीमा समितिलाई पत्र पठाउँदै विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएबमोजिम श्रम स्वीकृति लिँदा कामदारहरुले बुझाउनुपर्ने कल्याणकारी कोषको रकम तथा बीमाबापत बुझाउनुपर्ने रकम अनलाइनबाट भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

Esewa
Crest

कल्याणकारी कोषमा दाखिला गर्नुपर्ने रकम नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त अनलाइन भुक्तानी सेवाप्रदायकबाट भुक्तानी गर्न सक्ने उल्लेख छ । अनलाइन भुक्तानीका लागि प्रभु पे, खल्ती, ई सेवा, कनेक्ट आईपीएस आदिबाट गर्न सकिने व्यवस्था मिलाइएको विभागको भनाइ छ ।

यस अघि नै बीमा समितिले वैदेशिक रोजगारमा रहेका श्रमीकहरुको बीमा पुल मार्फत गराउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS