IME Life New

वैदेशिक राेजगारीका लागी वर्षदिनमै ७ लाख यूवा विदेशिए, मधेश प्रदेशबाट सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । वैदेशिक राेजगारीका लागी गत आर्थिक वर्षमा ७ लाख भन्दा बढी नेपाली यूवा विदेशिएका छन् । वैदेशिक राेजगार विभागले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार गत आव २०७९।८० मा ७ लाख ७१ हजार यूवा वैदेशिक राेजगारका लागी वैधानिक माध्यमबाट विदेशिएका हुन् ।

वैदेशिक राेजगारीका लागी वर्ष दिनकाे अवधिमा बाहिरिएका नेपाली यूवकमध्ये सर्वाधिक २३‍.५४ प्रतिशत मधेश प्रदेशकै रहेका छन् । मधेश प्रदेशमा काेशी नदी देखि पश्चिम बागमती नदी देखि पूर्वमा अवस्थित जिल्लाहरू सर्लाही, महाेत्तरी, धनुषा, सिराहा र सप्तरीबाट बाहिरिनकाे संख्या प्रत्येक जिल्लाबाट २० हजार भन्दा माथि रहेकाे छ । यसैगरी राैतहट, बारा र पर्साबाट बाहिरिने यूवककाे संख्या १० हजारकाे नजिक रहेकाे छ। मधेश प्रदेशबाट गत आवमा कूल १ लाख ८१ हजार ६१३ यूवाले श्रम स्वीकृती लिएका थिए ।

Esewa
Crest

विभागका अनुसार वैदेशिक राेजगारका लागी श्रम स्वीकृति लिनेमा सर्वाधिक धनुषा जिल्लाका रहेका छन् ।धनुषाबाट मात्र वर्ष दिनकाे अवधिमा ३९ हजार ५७९ जनाले वैदेशिक राेजगारीका लागी श्रम स्वीकृति लिएका छन् । वैदेशिक राेजगारकाे क्रममा सर्वाधिक ठगिने र वैदेशिक राेजगार बीमा अन्तर्गतकाे बीमा दाबी भुक्तानी लिने क्रममा पनि ठगीकाे शिकार हुने कामदार र तिनकाे परिवारजन पनि मधेश प्रदेशकै हुन् ।

काेशी प्रदेशका १२ जिल्लाबाट १ लाख ५७ हजार यूवाले गत आवमा श्रम स्वीकृती लिएका छन् । याे कूल श्रम स्वीकृती लिएका यूवाकाे संख्याका आधारमा २०‍.३७ प्रतिशत हाे । झापाबाट ३३ हजार ५७० जनाले श्रम स्वीकृति लिएकाे विभागले जानकारी दिएकाे छ। वैदेशिक राेजगारीका लागी विदेशीनेहरुकाे स‌ंख्या धनुषापछि झापा ठूलाे हाे ।

विभागका अनुसार बागमती प्रदेशबाट गत आवमा १ लाख १६ हजार ९३२ जना यूवाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृती जारी गरिएकाेमा १५‍.१६ प्रतिशत हिस्सा बागमती प्रदेशले ओगटेकाे छ। यसैगरी गण्डकी प्रदेशबाट ९९ हजार ८३३ जनाले श्रम स्वीकृती लिएका छन् । याे १२‍.९४ प्रतिशत हाे । सुदूरपश्चिम प्रदेशबाट ३३ हजार ९७५ जनाले श्रम स्वीकृती लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS