IME Life New

विश्वकै ठूलो विमान निर्माता कम्पनी बोइङविरुद्ध ‘क्रिमिनल चार्ज’ लगाउन सिफारिस

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दुईवटा भयानक विमान दुर्घटनाका सम्बन्धमा विश्वकै ठूलो विमान निर्माता कम्पनी बोइङमाथि क्रिमिनल चार्ज लगाउन अमेरिकाको न्याय विभाग (डीओजी)लाई सिफारिस गरिएको छ।

अमेरिकी अभियोजकहरुले ती दुर्घटनामा बोइङमाथि क्रिमिनल चार्ज लगाएर अनुसन्धान अगाडि बढाउन डीओजीलाई सिफारिस गरेका हुन्। सन् २०१८ को अक्टोबारमा इन्डोनेसियाको लायन्स एयर र सन् २०१९ को मार्चमा इथोपिया एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो। जसमध्ये एउटा ७३७ म्याक्स विमान थियो। यो विमान दुर्घटनामा ३४६ जना यात्रुको ज्यान गएको थियो।

Crest

यी दुवै घटनामा बोइङले पीडित परिवारलाई क्षतिपूर्ति दिने सम्झौता गरेको थियो। तर, हालसम्म क्षतिपूर्ति उपलब्ध नगराएको र गरेको सम्झौता उल्लंघन गरेकोले बोइङमाथि क्रिमिनल चार्ज लगाउनुपर्ने आवाज अभियोजकहरुले उठाएका हुन्।

डीओजीलाई आउँदो जुलाई ७ सम्म बोइङमाथि क्रिमिनल चार्ज लगाउन अभियोजकहरुले समयसीमा दिएका छन्। यस सम्बनधमा डीओजीका प्रतिनिधिहरुले आफ्नो धारणा सार्वजनिक गरिसके पनि बोइङ भने चुपचाप बसेको छ।

गत साता विमान दुर्घटनाका पीडितहरुले बोइङमाथि २५ अर्ब डलर जरिवाना गर्न र क्रिमिनल चार्ज लगाई कारबाही गर्न माग गरेका थिए।

सन् २०२१ मा भएको सम्झौतामा बोइङले २.५ अर्ब डलर क्षतिपूर्तिस्वरुप दिने विषयमा सहमति गरेको थियो। सोही सहमतिबामेजिम अभियोजकहरु बोइङविरुद्ध अदालतमा नजाने विषयमा सहमत भएका थिए। तर, सहमतिको ३ वर्ष भइसक्दा पनि बोइङले सम्झौताबमोजिम क्षतिपूर्ति नदिएपछि फेरि यो मुद्दाले चर्चा पाएको हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS