IME Life New

विश्वका धनाढ्यको सूचीमा गौतम अडानीको छलाङ, कति बढ्यो सम्पत्ति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको तेस्रो ठूलो औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति बिहीबार १.२७ अर्ब डलरले बढेको छ। योसँगै उनी विश्वका धनी व्यक्तिको सूचीमा १२ औं स्थानमा पुगेका छन्।

पछिल्लो दुई दिनमा अडानी यो सूचीमा दुई स्थान माथि उक्लेका छन्। ब्लूमबर्ग अर्बेयर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति अहिले १०३ अर्ब डलर पुगेको छ। यो वर्ष उनको कुल सम्पत्ति १८.४ अर्ब डलरले बढेको छ। उनी एसियाका धनीहरुमध्ये मुकेश अम्बानीपछि दोस्रो स्थानमा छन्।

Crest

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीको कुल सम्पत्ति ११२ अर्ब डलर छ। उनी विश्वका धनी व्यक्तिको सूचीमा ११ औं स्थानमा छन्। अहिले अम्बानी र अडानीको नेटवर्थमा ९ अर्ब डलरको अन्तर छ।

यसैबीच, बिहीबार विश्वका शीर्ष १० धनीमध्ये नौ जनाको नेटवर्थ घटेको छ। यसअघि बुधबार पनि ती सबैको नेटवर्थमा गिरावट आएको थियो। बिहीबार मात्रै विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति ३.०५ अर्ब डलरले बढेको छ। योसँगै उनको कुल सम्पत्ति २४४ अर्ब डलर पुगेको छ। ४.४६ अर्ब डलरको सबैभन्दा ठूलो गिरावट ल्यारी पेजको कुल सम्पत्तिमा आएको छ। सर्गे ब्रिनले ४.१९ अर्ब डलर, स्टिभ बाल्मरले ३.४३ अर्ब डलर, मार्क जुकरबर्गले २.८१ अर्ब डलर, बिल गेट्सले १.९७ अर्ब डलर, बर्नार्ड अर्नाल्टले १.६६ अर्ब डलर र जेफ बेजोसले १.१८ अर्ब डलर गुमाए।

मस्कपछि बेजोस २०३ अर्ब डलरको सम्पत्तिसहित धनीहरुको सूचीमा दोस्रो स्थानमा छन्। यसपछि अर्नाल्ट (१८५ अर्ब डलर) तेस्रो, जुकरबर्ग (१६२ अर्ब डलर) चौथो, गेट्स (१५५ अर्ब डलर) पाँचौं, ल्यारी एलिसन (१५२ अर्ब डलर) छैटौं, पेज (१५० अर्ब डलर) सातौं, बाल्मर (१४५ अर्ब डलर) छन्। आठौं, ब्रिन (१४१ अर्ब डलर) नवौं र वारेन बफेट (१३७ अर्ब डलर) दशौं स्थानमा छन्। माइकल डेल १०२ अर्ब डलरको साथ १३औं स्थानमा र एनभिडियाका सीईओ जेन्सेन हुआङ १४औँ स्थानमा (९८.६ अर्ब डलर) छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS